१४ बैशाख २०८१, शुक्रबार

बादललाई हराउदै बागमती राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी


रामबहादुर थापा र डा. खिमलाल देवकोटा

काठमाडौं । राष्ट्रियसभा उपचुनावमा डा. खिमलाल देवकोटाले विजयी भएका छन् । रामबहादुर थापा ‘बादल’लाई हराउदै देवकोटा निर्वाचित भएका हुन् । स्रोतका अनुसार डा. देवकोटाले ५०८८ मत ल्याएर विजयी भएका हुन् भने बादलले ४०१४ मत मात्र प्राप्त गरे ।

वाग्मती प्रदेशसभाका १०५ सदस्यले मतदान गरेकामा देवकोटाले ५८, बादलले ४५ र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले २ मत पाए । यस्तै वाग्मती प्रदेशका स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २३३ जनाले मतदान गरेकामा देवकोटाले १२८, बादलले १०३ र तामाङले २ मत पाए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !