२१ बैशाख २०८१, शुक्रबार

चीनबाट प्राप्त सिलिन्डर ओलीका नेता र आफन्तलाई मात्र बितरण गरेको पुनको खुलासा


वर्षमान पुन र केपी ओली

काठमाडौं । माओबादी केन्द्रका नेता बर्षमान पुनले चीनबाट प्राप्त सिलिन्डर पहुचको आधारमा बितरण गरेको आरोप लगाएका छन्। पुनले चीनबाट प्राप्त सिलिन्डर सत्तारुढ दलका नेता ,साँसद रआफन्तको घरमा राखेको आरोप लगाएका छन्।

पुनले सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै पहुचको आधारमा बितरण गर्नु राज्यशक्तिको दूरूपयोग एबम भ्रस्टाचार भएको बताएका छन्। पुनले तुरून्त छानबिन गर्न र सरकारले सिलिन्डर कँहा,कसरी बितरण गरियो ? सार्वजनिक गर्न माग गरेका छन्।

उनले लेखेका छन्, “चीनबाट प्राप्त सिलिन्डर सत्तारुढ दलका नेता ,साँसद रआफन्तको घरमा राखिनु वा पहुचको आधारमा बितरण गर्नु राज्यशक्तिको दूरूपयोग एबम भ्रस्टाचारहो/तुरून्त छानबिन गरियोस/सरकारले सिलिन्डर कँहा,कसरी बितरण गरियो?सार्वजनिक गरोस/प्राथमिकताको निर्धारणा गरी बितरण गरियोस नकी पहुचका आधारमा”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !