४ जेष्ठ २०८१, शुक्रबार

माओवादीवाट एमाले प्रवेश गरेका ७ जनाको मन्त्री पद तत्कालको लागि कायमै


टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी

काठमाडौं । नेकपा माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरी मन्त्री बनेका ७ जनाको मन्त्री पद तताकल्को लागि जोगिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको वर्तमान मन्त्रिमण्डलमा गैरसांसद भएर पनि मन्त्री रहेका ७ जनाको पद तत्कालको लागि कायम रहने भएको हो ।

केहि दिनअघि अधिवक्ता सन्तोष भण्डारीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले उक्त विषय पूर्ण सुनुवाइबाट टुंग्याउने निर्णय गरेसंगै केहि समयको लागि उनीहरुलाई राहत मिलेको छ ।

प्रधानमन्त्रीको सपथविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले यो विषयमा अन्तरिम आदेश माग नभएकाले हाललाई बोल्नु नपर्ने आदेश दिएको हो ।

वर्तमान मन्त्रिमण्डलमा गैरसांसद भएर पनि रामबहादुर थापा ‘बादल’ गृहमन्त्री, टोपबहादुर रायमाझी ऊर्जामन्त्री, लेखराज भट्ट उद्योगमन्त्री, प्रभु साह शहरी विकासमन्त्री, मणि थापा खानेपानी तथा सरसफाई मन्त्री, गौरीशंकर चौधरी श्रममन्त्री र दावा तामाङ युवा तथा खेलकुद मन्त्री रहेका छन् ।

केपी ओली पुनः प्रधानमन्त्री नियुक्त भएसंगै उनीहरु पनि मन्त्रीको रुपमा दोहोरिएका हुन् । पूर्ण सुनुवाइबाट टुंग्याउन समय लाग्ने भएकोले उनीहरूको मन्त्री पद तत्कालको लागि कायम रहने भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !