२४ बैशाख २०८१, सोमबार

माओवादीवाट मन्त्री बन्नेको नाम टुंगियो


माओवादी केन्द्र

१६ फागुन, काठमाण्डौ । नेकपा माओवादी केन्द्रले धेरै समयपछि सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंग्याएको छ  ।

माओवादीको भागमा परेका सातमध्ये दुई मन्त्रीले शपथ लिइसकेका छन् । बाँकी पाँच मन्त्रालयमा वर्षमान पुन, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल र विना मगरलाई लैजाने निश्चित गरेको प्रचण्डको सचिवालयले जनायो ।

तर, फोरम पनि सरकारमा सहभागी हुँदा मन्त्रालय थप्नुपर्ने या एमाले र माओवादीले पाएको भागवाट एक–एकवटा कटौती गरेर दिनुपर्ने हुन्छ । अहिलेकै मन्त्रालयमा फोरमलाई समेट्ने निश्चित भए माओवादीले टुंग्याएको मन्त्रीको नाममा एकजना कटौती हुन सक्ने सम्भावना देखिन्छ । माओवादीले कसलाई कुन मन्त्रालय भन्ने टुंगो पनि लगाएको छैन ।

ऊर्जामा वर्षमान पुन र जनार्दन शर्माको हानाथाप

पूर्वअर्थमन्त्री वर्षमान पुन र पूर्वगृहमन्त्री जनार्दन शर्मा सुरुमा गृहमन्त्रीका लागि लबिङमा थिए तर, रामबहादुर थापालाई पार्टीले गृह दिएपछि पुन र शर्मा ऊर्जाका लागि कसरत गरिरहेका छन् । यसअघि ऊर्जामन्त्री बन्दा राम्रो काम गरेकाले पुनः अवसर दिन शर्माको आग्रह छ । पुनले पनि गृह नपाएपछि प्रभावशाली मन्त्रालय ऊर्जामै नजर लगाएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !