६ बैशाख २०८१, बिहिबार

अन्तत: गण्डकीको मुख्यमन्त्रीमा गुरुङ पुन: नियुक्त, लिए शपथ


गण्डकीको मुख्यमन्त्रीमा गुरुङ शपथ

पोखरा । लामो रस्साकस्सीपछि गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङ पुन: नियुक्त भएका छन् । मुख्यमन्त्रीमा पुन: नियुक्त भएसँगै उनलाई प्रदेश प्रमुख सीता पौडेलले आज बुधबार साँझ पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले वैकल्पिक सरकार गठनका लागि दिएको ३ दिन वा ७२ घण्टे समयसिमाभित्र विपक्षी गठबन्धले बहुमत पुष्टि गर्न नसकेपछि ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता गुरुङ नै मुख्यमन्त्री नियुक्त भएका हुन् ।

आज बुधबार नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले आफूलाई चार दलका ३१ सांसदको समर्थन रहेको भनी दावी पेश गरेकातापनि २९ जना सांसदको समर्थन पुष्टि भएपछि प्रदेश प्रमुख पौडेलले पोखरेलको दावी नपुग्ने भन्दै गुरुङलाई अल्पमतको सरकारको मुख्यमन्त्रीको रुपमा नियुक्त गरेकी हुन् ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा नयाँ सरकार बनाउन ३१ जना सांसदको आवश्यकता पर्दछ । नेकपा (एमाले) का पक्षमा अहिलेसम्म स्वतन्त्र १ गरी २८ सांसद छन् । विपक्षी गठबन्धनतिर नेपाली कांग्रेसका १५, माओवादी केन्द्रमा ११, जनर्मोचाका ३ र जसपाका २ गरी ३१ सांसद छन् । तर २ जना जनमोर्चाका सांसद तटस्थ भएपछि मुख्यमन्त्रीको माग दावी गरेका पोखरेलको पक्षमा २९ जना मात्र सांसदको मात्र समर्थन पुष्टि भएको छ ।

प्रदेश प्रमुख सीता पौडेलले गुरुङलाई मुख्यमन्त्रीमा संविधानको धारा १६८ (३) अनुसार नियुक्त गरेकी हुन् । गुरुङले ३० दिनभित्र सदनबाट विश्वासको मत लिनुपर्नेछ । पुन:मुख्यमन्त्री बनेका गुरूङले कोभिड कोषमा ४ करोड जम्मा गर्ने पहिलाे निर्णय गरेका छन् ।

गण्डकीको मुख्यमन्त्रीमा गुरुङ पुन: नियुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !