२९ बैशाख २०८१, शनिबार

ओलीलाई प्रधानमन्त्रीवाट हटाउन रावलले सांसद पदबाट राजीनामा दिन गरे संकेत


केपी शर्मा ओली र भीम रावल

काठमाडौँ । नेकपा एमालेका सांसद भिम रावलले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीवाट हटाउन सांसद पदबाट राजीनामा दिन संकेत गरेका छन् । सामाजिक संजाल ट्वीटरमा केहि समयअघि लेख्दै उनले असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिने बताएका छन् ।

साथै उनले थप राष्ट्रिय हित, पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रधानमन्त्री ओलीलाई रोक्न पदमुक्त गर्नु आवश्यक रहेकोले त्यसका लागि आफूले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ भनेर लेखेका छन् । यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित रहेको उनले उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ । थप राष्ट्रिय हित,पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रमं केपीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ।त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ । यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !