४ जेष्ठ २०८१, शुक्रबार

सरकारलाई ढाल्ने र विरोधीलाई दिग्विजय गराउन खोज्नु घातक : प्रधानमन्त्री ओली


केपी शर्मा ओली

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि तहमा पार्टीका सरकारलाई ढालिछाड्ने र विरोधीहरुको दिग्विजय गराएर उत्सव मनाउने जस्ता घातक र दु:खद प्रवृतिहरु पनि आज देखा परेकोमा दुख व्यक्त गरेका छन् ।

आज आइतवार एक प्रेस व्यक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीले बाहिर हल्ला फैलाएजस्तो र हल्ला चलेजस्तो पार्टीले कसैलाई पनि काखापाखा वा पक्षपात नगर्ने स्पष्ट पारेका छन् ।

उनले फ्लोर क्रस गर्ने, अविश्वास प्रस्ताव राख्ने, सामूहिक राजीनामा गर्ने जस्ता हानिकारक प्रयास भएको भन्दै त्यस्तो कार्यलाई अपराध भनेका छन् । मजबुत पार्टी बनाउने महाअभियानमा सरिक हुन आह्वान समेत गरेका छन् ।

उनले कतिपय व्यक्तिमा वैयक्तिक स्वार्थ, अहंकार, असन्तुष्टि र इश्र्या रहेको भन्दै पार्टीलाई उनीहरुको स्वार्थपूर्तिको माध्यम र त्यसको शिकार बनाउन नहुने बताएका छन् ।

यस्तो छ ओलीको अन्तिम अपिल 
यस्तो छ ओलीको अन्तिम अपिल 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !