१५ बैशाख २०८१, शनिबार

प्रधानमन्त्री ओली अचानक राष्ट्रपतिलाई भेट्न पुगे शीतल निवास


केपी ओली र विद्यादेवी भण्डारी फाइल फोटो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली अचानक राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको आकस्मिक बैठक सकिएलगत्तै ओली शीतल निवास पुगेका हुन् ।

आजको स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्ने गरी र बागमती प्रदेशमा हुन गइरहेको राष्ट्रियसभा निर्वाचनमा एमाले उम्मेदवारलाई जिताउने गरी अघि बढ्ने निर्णय गरेको छ ।

यद्यपि एमालेले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार भने टुंगो लगाएको छैन । संसदबाट विश्वासको मत प्राप्त गर्न वैशाख २७ गते तय गरिएको प्रतिनिधिसभाको बैठक, दलहरूसँग भएका छलफल र समसामयिक विषयमा बैठक केन्द्रित भएको बुझिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !