४ जेष्ठ २०८१, शुक्रबार

एमालेले टुंगो लगायो मन्त्रीको नाम


emale party

१३ फागुन, काठमाण्डौ । नेकपा एमालेवाट अध्यक्ष केपी शर्मा ओलीको मन्त्रिपरिषद्‌मा सहभागी हुने नेताको नाम टुंगो लागेको छ । एमाले स्थायी कमिटीवाट मन्त्री छान्ने जिम्मेवारी पाएका प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारमा सहभागी हुने नेताको नाम टुंगो लगाएका हुन् ।

उनले अन्य नेताहरूसँगको परामर्शमा यी नामको टुंगो लगाएको प्रधानमन्त्री निकट स्रोतले बताए । सरकारमा सहभागी हुने केही नेताको जिम्मेवारीसमेत टुंगो लागेको स्रोतको भनाइ छ ।

स्रोतका अनुसार एमालेका तर्फवाट महासचिव ईश्वर पोखरेलले अर्थ मन्त्रालय सम्हाल्नेछन् । सचिव प्रदीप ज्ञवालीलाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिइने एमालेका एक नेता बताए । सरकारमा संघीय समाजवादी फोरम सहभागी भए परराष्ट्र मन्त्रीमा हेरफेर हुनसक्ने एमाले नेताले संकेत दिए ।

फोरम अध्यक्ष उपेन्द्र यादवलाई परराष्ट्र मन्त्री बनाएर सरकारमा ल्याउने कसरत भइरहेको छ । अन्य मन्त्रीका सन्दर्भमा भने मन्त्रालय कुन-कुन हुने भन्ने टुंगो नलागेको उनको भनाइ छ।

नेता भानुभक्त ढकाल शिक्षा तथा जनसंख्यामन्त्री बन्ने बताइएको छ । एमाले सचिव योगेश भट्टराईको नाम सरकारमा सहभागी हुनेको सूचीमा रहेको र उनी सूचना तथा सञ्चारमन्त्री हुने सम्भावना रहेको ती नेताले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !