२१ बैशाख २०८१, शुक्रबार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा


शङ्कर पोखरेल

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । स्रोतका अनुसार आज आइतबार बिहान लुम्बिनी प्रदेश एमाले संसदीय दलको बसेको बैठकमा उनले राजीनामा दिने निर्णय गरेका हुन् ।

मुख्यमन्त्री पोखरेलले आजै बिहान प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादव समक्ष राजीनामा बुझाएका हुन् ।आफ्नो सरकारबिरुद्ध पेश अविश्वास प्रस्तावमाथि मतदान हुने अघिल्लो दिन आइतबार बिहान उनले राजीनामा दिएका हुन् ।

दुई दलको सरकार भएकाले अब ठूलो दलको हैसियतमा पुन: मुख्यमन्त्री नियुक्त हुने र एक महिनाभित्र विश्वासको मत लिने उनले बताएका छन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु