२० बैशाख २०८१, बिहिबार

श्रमिक अधिकारको रक्षाका लागि सरकारले ठोस कदम अगाडि बढाउनुपर्छ : नेता कोइराला


राजीव कोइराला

इनरुवा । प्रदेश नं १ प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले कोभिड–१९ महामारीका चपेटामा परेका सम्पूर्ण श्रमजीवीको जीवनको सुरक्षा र श्रमिक अधिकारको रक्षाका लागि सरकारले ठोस कदम अगाडि बढाउनुपर्नेमा जोड दिनुभयएको छ ।

अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) का अवसरमा उहाँले आज जारी गर्नुभएको शुभकामना सन्देशमा अहिले कोरोनाका कारणले विश्व समुदाय अक्रान्त भएको र यसबाट हाम्रा सबै श्रमिक, मजदूर असाध्यै कठिन अवस्थामा परेको तथा कामधन्धा बन्द भएका कारणले प्रदेश सरकारले श्रमिकहरुका लागि विशेष राहतको प्याकेज तत्काल घोषणा गर्नुपर्ने भन्नुभएको छ । उहाँले कोरोना महामारीको कठिन परिस्थितिमा सरकारले मजदूर वर्गका लागि विशेष राहतका कार्यक्रम ल्याउनुपर्ने बताउँदै सरोकारवाला सबैले श्रमिकको हितका लागि गम्भीरतापूर्वक सोच्न र श्रमिक मैत्री भएर काम गर्नसमेत आग्रह गर्नुभयो ।

नेता कोइरालाले श्रमिक समाज राष्ट्रको आर्थिक मेरुदण्ड भएको उल्लेख गर्दै सात सालको क्रान्तिदेखि अहिलेसम्म नेपालका हरेक राजनीतिक आन्दोलनमा श्रमिकहरु अग्रपङ्क्तिमा उभिएकाले अहिले सम्मका सबै परिवर्तनहरु सम्भव भएको बताउनुभयो । सम्पूर्ण श्रमजीवीलाई एकताको सूत्रमा बाँध्न यस दिवसले सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उहाँले सन्देशमा भन्नुभएको छ, “ नेपालमा परिवर्तनका नायक र परिश्रमका पर्याय श्रमिक वर्गको हितका लागि सरकारले ठोस कदम चाल्नुपर्दछ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !