१४ बैशाख २०८१, शुक्रबार

सरकारद्वारा जसपाका १२० नेता कार्यकर्ताका १५ मुद्दा फिर्ता (सूचीसहित)


पार्वत गुरुङ

काठमाडौं । नेपाल सरकारले जनता समाजवादी पार्टी (जसपा) का १२० जना नेता कार्यकर्ताका १५ मुद्दा फिर्ता लिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकबाट मुद्दा फिर्ता लिने निर्णय गरिएको सरकारका प्रवक्ता सञ्‍चार मन्त्री पार्वत गुरुङले पत्रकार सम्मेलन गरी जानकारी दिए ।

नेपाल सरकार वादी भइ मुद्दा चलेका व्यक्तिका फौजदारी मुद्दा फिर्ता लिने सन्दर्भमा फौजदारी निर्देशिका बमोजिम १२० जनाका १५ मुद्दामा फिर्ता लिने निर्णय भएको उनले बताए । साथै उनीहरुको नाम वेबसाइटमा राखिने पनि प्रवक्ता गुरुङले जानकारी दिए । उनले यो राजनीतिक निर्णय पनि भएको बताउदै अरू मुद्दा पनि भविष्यमा फिर्ता हुने बताए ।

सरकारले जसपाको महन्थ ठाकुर पक्षसँगको सहमति भएअनुसार मधेस आन्दोलनका क्रममा सरकारले फौजदारी मुद्दा चलाएका यी मुद्दा फिर्ता लिएको छ । अदालतले सजाय तोकिसकेका रेशम चौधरीको हकमा भने सरकारले निर्णय गरेर नहुने भएकाले अदालती प्रक्रियाबाटै टुंगिने भएको छ ।

यी हुन् सरकारद्वारा मुद्दा फिर्ता भएका १२० जना
यी हुन् सरकारद्वारा मुद्दा फिर्ता भएका १२० जनायी हुन् सरकारद्वारा मुद्दा फिर्ता भएका १२० जनायी हुन् सरकारद्वारा मुद्दा फिर्ता भएका १२० जना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु