२४ बैशाख २०८१, सोमबार

कारवाहीको डरले योगेश भट्टराई ओली समूहमा नै फर्किने संकेत


योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक सम्पन्न भएको छ । आज प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा बसेको बैठकमा ओलीले १९ सदस्यीय स्थायी कमिटीपनि विस्तार गरेका छन् ।

ओलीले यसअघि आफूले माधव नेपालसहित उनी पक्षधर २७ जना प्रतिनिधि सभा सदस्यहरुलाई सोधेको स्पष्टीकरणको जवाफ प्राप्त गरेकाहरुमध्ये धेरै जवाफ नरम रहेको बारे पनि बैठकलाई जानकारी गराएका छन् । स्रोतका अनुसार अहिलेसम्म योगेश भट्टराई, रामकुमारी झाँक्री लगायत पाँच सांसदले स्पष्टीकरण पेस गरेका छैनन् ।

भट्टराईले केहि दिन अगाडी मात्र ओलीलाई भेटेका थिए। उक्त भेटमा भट्टराईले ओलीलाई आफूलाई कारवाही नगर्न आग्रह गरेका थिए । स्रोतका अनुसार भट्टराई ओली समूहमा सामल हुन सक्ने संकेत देखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !