२१ बैशाख २०८१, शुक्रबार

राष्ट्रियसभा सदस्यमा सरकारले गरेको सिफारिस असंवैधानिक रहेको कांग्रेसको दावी


balkisna

८ फागुन, काठमाण्डौ । राष्ट्रियसभाका तीन सदस्यमा आफ्नो सरकारले पठाएको नाम फिर्ता लिएर अर्को नाम पठाएकोमा कांग्रेसले विरोध गरेको छ । संविधान र राष्ट्रिय सहमतिको भावना विपरित भएको कांग्रेसले बताएको छ ।

देउवा सरकारले कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको थियो । तर, मन्त्रिपरिषदको मंगलबार विहान बसेको बैठकले देउवा सरकारले गरेको सिफारिस रद्द गर्दै युवराज खतिवडा, रामनारायण विडारी र विमला पौडेल राईलाई पठाएको छ ।

कांग्रेस नेता बालकृष्ण खाँडले ओली सरकारको निर्णय असंवैधानिक भएको बताए । ‘यसको हाम्रो पार्टीले विरोध गर्छ । यो असंवैधानिक र सहमतिको भावना विपरित छ,’ उनले भने, ‘यो हिसाबले ओलीले ५ वर्ष चलाउन सक्नुहुन्न ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !