४ जेष्ठ २०८१, शुक्रबार

राष्ट्रियसभा सदस्यमा युवराज, रामनारायण र विमला सिफारिस


कुन पार्टीहरुले कुन-कुन मन्त्रालय पाए ?

८ फागुन, काठमाण्डौ । सरकारले मंगलबार बिहान बसेको मन्त्रिपरिषद बैठकले युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेल राई गरी राष्ट्रिय सभा सदस्यमा तीन जनाको नाम सिफारिस गरेको छ ।

अब राष्ट्रपतिले नियुक्त गरेपछि उनीहरुले राष्ट्रियसभा सदस्यमा औपचारिकता पाउनेछन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको सिफारिस रद्ध गरेर केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकाले नयाँ नाम सिफारिस गरेको हो ।

देउवा सरकारले कांग्रेस कार्यकर्ता कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको थियो । तर, राष्ट्रपति कार्यालयले सो सिफारिस अध्ययन गर्न बाँकी रहेको र परामर्श गर्नुपर्ने भन्दै थन्क्याएको थियो ।

५९ सदस्यीय राष्ट्रियसभामा ५६ जना हरेक प्रदेशवाट चुनिने र ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ । हरेक प्रदेशवाट ८-८ जनाको दरले ५६ जना निर्वाचित भइसके पनि ३ जना भने नियुक्त गर्न बाँकी थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !