१४ बैशाख २०८१, शुक्रबार

एमाले–माओवादीले पार्टीको नाम ‘नेकपा’ नाम राखेपछि विप्लव रुष्ट् प्रतिकार गर्ने चेतावनी


८ फागुन, काठमाण्डौ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो पार्टीको नाम चोरेर एमाले-माओवादीले राजनीतिक संस्कार नदेखाएको आरोप लगाएका छन् ।

एमाले र माओवादीले एकीकृत भएपछि पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा)’ राख्ने निर्णय गरेका छन्, जुन नाम विप्लव नेतृत्वको पार्टीसँग हुबहु मिल्छ ।

विप्लव नेतृत्वको नेकपाका जनवर्गीय संगठन इञ्चार्ज मोहन कार्कीले एमाले माओवादीले फाँसीवादी चरित्र देखाउँदै बलमिच्याई गरेकाे अाराेप लगाए ।
उनले भने, ‘यो फाँसीवादी चरित्र हो । हामी संघर्ष जारी राख्छौं, वैचारिक र सांस्कृतिक रुपले प्रतिकार गर्छौं ।’

आफ्नो पार्टी निर्वाचन आयोगमा दर्ता नभएको भन्दै एमाले–माओवादीले बलमिच्याई गरेको उनको भनाइ छ । कार्कीले भने ‘निर्वाचन आयोगमा दर्ता नभएर के भो, हामी जनताको बीचमा छौं आफ्नो संघर्ष गरिरहेका छौैं ।’ एमाले सचिव प्रदीप ज्ञवालीले नामको विषय सामान्य रहेको प्रतिक्रिया दिँदै भने, ‘नाम राख्न पाइन्छ । यो कुनै ठूलो कुरा होइन ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !