२४ बैशाख २०८१, सोमबार

राष्ट्रपतिद्वारा फागुन २१ गते संसद अधिवेशन आह्वान


san

७ फागुन, काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २१ गते बैठक बस्ने गरी संसद अधिवेशन अाव्हान गरेकी छन् । स्थानीय निकाय, प्रदेश र संघीय संसदको पहिलो निर्वाचन पछि बस्ने यो पनि पहिलो र एेतिहासिक अधिवेशन हुनेछ ।

नयाँ राष्ट्रपति चुन्न फागुन २५ गते निर्वाचन गर्ने कार्यतालिका छ । त्यसैले त्यसको चार दिनअघि नै संसद अधिवेशन आह्वान भएको हो। संघीय संसदको बैठक अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्ने छ। प्रतिनिधिसभा र राष्ट्रियसभालाई संयुक्त रुपमा संघीय संसद भन्ने गरिन्छ । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आहृवान गर्ने संवैधानिक व्यवस्था छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !