१२ बैशाख २०८१, बुधबार

प्रधानमन्त्री ओलीले बोलाएको सर्वदलीय बैठकमा प्रचण्ड नजाने


ओली र प्रचण्ड फोन कुराकानी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक आज शनिवार विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बस्दैछ । प्रधानमन्त्री ओलीले संसदको हिउँदे अधिवेशन अन्त्‍य गर्नुअघि समसामयिक राजनीतिक परिस्थितिमाथि छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री ओलीले आज बोलाएको सर्वदलीय बैठकमा सरकारलाई समर्थन कायमै राखेको नेकपा माओवादी केन्द्र सहभागी नहुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको सर्वदलीय बैठकमा अध्यक्ष प्रचण्ड सहभागी नहुने उनको सचिवालयले जनाएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले फोन गरेका थिए । आफूलाई प्रधानमन्त्री ओलीले भेटवार्ताका लागि फोन गरेको प्रचण्डले बताएका थिए ।

ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको भवन उद्घाटन उद्घाटनपछि प्रचण्डलाई ओलीले फोन गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग लामो समयपछि टेलिफोनमा संवाद गरेका थिए ।

प्रतिनिधिसभा विघटन र एमाले माओवादी ब्युँतिएपछि दुवै नेतावीच कुनै संवाद हुन सकेको थिएन । हिजो लामो समयपछि ओलीले प्रचण्डलाई फोन सम्पर्क गरेका थिए ।

माओवादी केन्द्रका नेताहरुका अनुसार ओलीले बेला-बेलामा प्रचण्डलाई फोन गरेर भेटन अनुरोध गरेको भए पनि एक्लै भेटन अस्वीकार गर्दै आएका प्रचण्ड आज ओलीले बोलाएको सर्वदलीय बैठकमा नजाने भएका हुन् ।

दाहालले ‘भेटघाट बालुवाटारमा होइन, सिंहदरबारमा गरौं । अबदेखि बालुवाटारमा भेटघाट नगरौं’ भन्ने जबाफ दिँदै आफू बालुवाटार नआउने स्पष्ट पारे ।यसपटक प्रधानमन्त्री ओलीले दाहाललाई लामो समयको अन्तरालमा फोन गरेका थिए ।

आज बस्ने सर्वदलीय बैठकमा कोरोना महामारीले उत्पन्न गरेको समस्याको बारेमा पनि छलफल हुने बुझिएको छ । बैठकमा निम्ता दिनकै लागि प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई फोन समेत गरेको बताइएको थियो ।

बैठकमा संसद अधिवेशन, कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि चाल्नुपर्ने कदम लगायतका विषयमा छलफल हुने बताइएको छ । संसदमा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदूर किसान पार्टी गरी ७ दलको प्रतिनिधित्व छ ।

यो पनि पढ्नुहोस्

ओलीको निम्तो प्रचण्डद्वारा अस्वीकार : बालुवाटार होइन, सिंहदरबारमा भेटौं

गुहार माग्दै प्रचण्डलाई प्रधानमन्त्री ओलीको फोन, के कुरा भयो ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !