२३ बैशाख २०८१, आइतबार

प्रधानमन्त्री ओलीको सिंहदरबारबाट देशबासीका नाममा सम्बोधन जारी


प्रधानमन्त्री ओलीले बालुवाटारमा बालबालिकाहरुसँग गरेको अन्तर्क्रिया

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको देशवासीका नाममा सम्बोधन जारी रहेको छ । नयाँ वर्ष २०७८ सालको अवसरमा आज सिंहदरबारबाट देशबासीलाई सम्बोधन गर्दैछन्  ।

सम्बोधनमा प्रधानमन्त्रीले आगामी नयाँ बर्ष २०७८ लाई आशा र उत्साहको वर्षको रुपमा मनाउन देशबासीलाई आग्रह् गर्नेछन् । यसैगरी सरकारले आगामी वर्षमा गर्ने ठूला विकासका योजना, सामाजिक सुरक्षाका क्षेत्रमा गर्ने कामहरुको केही झलक प्रस्तुत गर्नेछन् ।

प्रधानमन्त्री ओलीले २०७७ साललाई ‘पीडादायी वर्ष’ को रुपमा चित्रित गर्दै २०७७ साल सुरु नहुँदै नेपालमा फैलिएको कोरोनाले नेपालीको स्वास्थ्य, आर्थिक र सामाजिक क्षेत्रलाई तहस-नहस पारेको अवस्थालाई प्रधानमन्त्रीको सम्बोधनमा आउने बुझिएको छ ।

कोराना र राजनीतिक संकटका बीच सरकारले के कसरी काम गर्यो र के उपलब्धी हासिल गर्‍यो भन्ने सन्दर्भमा पनि प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा उल्लेख गर्ने बालुवाटार स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीकाे शुभकामना सन्देश नेपाल टेलिभिजन र अरू विभिन्न सञ्चारमाध्यहरूले प्रत्यक्ष प्रशारण हेर्न सक्ने व्यवस्था मिलाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !