१४ बैशाख २०८१, शुक्रबार

रामबहादुर थापालाई पनि माओवादी केन्द्रले गर्‍यो यतिठुलो कारबाही


राम बहादुर थापा

माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र सांसद चन्द्रबहादुर खड्कालाई कारवाही गरेको छ। पार्टीका तर्फबाट राष्ट्रियसभा सदस्य रहेका उनीहरुलाई राष्ट्रियसभाको सदस्यबाट हटाइएको छ ।

दल त्याग गरेकाले माओवादी केन्द्रले राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार बादल र खड्कालाई कारवाही गरेको हो । माओवादीले दुबै जनाले दल त्याग गरेको सूचना संघीय संसद सचिवालयमा बुझाउँदै राष्ट्रियसभा सदस्यबाट पदमुक्त गर्न सिफारिस गरिएको छ।

यसअघि बिहीबार मात्र एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको प्रतिनिधिसभा सदस्य पद खारेज भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु