१४ बैशाख २०८१, शुक्रबार

प्रचण्ड रोएको फोटो ट्वीटरमा राखेर सूर्य थापाले यतिसम्म उढाए खिल्ली


प्रचण्ड रोएको फोटो ट्वीटरमा राखेर सूर्य थापाले यतिसम्म खिल्ली उठाए प्रचण्डको

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा आज दिउसो सर्वाेच्चकाे फैसलासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रोएको फोटो ट्वीटरमा राखेर खिल्ली उढाएका छन् । यसअघि पनि पार्टीले माधव नेपाललाई निलम्वन गरेर कारबाही गर्दा उनको यस्तै फोटो राखेर उनले नेपालको समेत खिल्ली उढाएका थिए ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रचण्डले दिएको पुनरावलोकन निवेदन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासले सुनुवाइका लागि अनुमति नदिने फैसला गरेसकेपछि सर्वाेच्चकाे फैसलासहित प्रचण्ड रोएको फोटो ट्वीटरमा राखेर खिल्ली उढाएका हुन् ।

सामाजिक संजाल ट्वीटरमा आज दिउसो ४:१० बजे पोष्ट गर्दै उनले सर्वाेच्च अदालतकाे फैसला, लड्डु खाएर उल्लास मनाउने परम्परा त छैन नै भन्दै प्रचण्डको उपहास गरेका छन् । साथै उनले तैपनि पुनरावलोकनको राेइलाे अब सकिएकाे छ पनि भनेर लेखेका छन् ।

साथै उनले निवेदक महाेदयप्रति सहानुभूतिचाहिं छ – सम्हालिनुहाेस र राजनीति गर्नुहाेस भन्ने सल्लाह दिंदै राजनीतिज्ञ झगडिया हुन खाेज्दा यस्तै हुँदाेरहेछ भन्दै आफैले भाँड्न चाहेकाे एकता कति प्याराे ? लग्यो भनेर प्रश्न समेत गरेका छन् ।

सामाजिक संजालमा चर्को आलोचनापछि थापाले प्रचण्ड रोएको फोटोसहित असंवेदनशील ट्‍विटर पोष्ट हटाएका हुन् । उनले एकातिर अदालतको आदेश र अर्कातिर दाहालको भावविह्वल भएको तस्बिर राखेका थिए ।

प्रचण्ड छोरा प्रकाशको निधन हुँदा रोएको तस्बिरसँग थापाले सर्वोच्चको फैसला जोडेर फोटो बनाएपछि उक्त पोष्टप्रति धेरैले आलोचना र टिप्पणी गरेका थिए । थापाले हाल उक्त पोष्ट हटाएर फैसला भन्दै सर्वोच्च अदालतको आदेशको फोटो राखेका छन् ।

अहिले उनले उक्त पोष्ट डिलिट गर्दै सर्वोच्चको फैसला मात्र राखेर पोष्ट गरेका छन् । प्रधानमन्त्री जस्तो सम्माननीय पदमा आसिन व्यक्तित्वको प्रेस सल्लाहकारले यस्तो हर्कत गर्नु निन्दनीय हो । उनले आफूलाई सुधार गरुन यो हाम्रो उनलाई सुझाव छ ।

यस्तो छ उनले ४:१० बजे गरेको पोष्टको स्क्रिन सट

यस्तो छ उनले ४:१० बजे गरेको पोष्टको स्क्रिन सट

यो हो उनले ४:१० बजे गरेको पोष्टको लिंक

https://twitter.com/ThapajiSurya/status/1377567730732204033

यो हो उनले २० मिनेट अघि गरेको पोष्टको स्क्रिन सट

यो हो उनले २० मिनेट अघि गरेको पोष्ट

यस्तो छ उनले माधव नेपालको बारेमा गरेको पोष्टको स्क्रिन सट

यस्तो छ उनले माधव नेपालको बारेमा गरेको पोष्टको स्क्रिन सट

 

यो हो उनले माधव नेपालको बारेमा गरेको पोष्टको लिंक

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !