१२ आश्विन २०८१, शनिबार

यस्ता छन् ओलीद्वारा भुसाल र पाण्डेलाई निलम्बन गरिएका छुट्टाछुटै पत्रहरु


केपी ओली, घनश्याम भुसाल र सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा एमालेले नेताद्वय घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई कारबाही गर्दै उनीहरू दुवैलाई ६ महिनाका लागि पार्टीबाट निलम्वन गरेको हो । नेताद्वयले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै दुवै नेतालाई कारबाही गरिएको पत्र अध्यक्ष केपी शर्मा ओलीले पठाएका छन् ।

नेता भुसाल र पाण्डेले पेश गरेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ६ महिनाका लागि निलम्वन गरेका हुन् । एमालेको केन्द्रीय समितिले गत चैत ८ गते ४ जना नेतामाथि स्पष्टीकरण सोधेको थियो । पहिलोपटक सोधिएको स्पष्टीकरणमा पाण्डे र भुषालले जवाफ दिएका थिएनन् । भुसाल र पाण्डेले भने चैत १७ गते जवाफ फर्काएका थिए ।

भुसाल र पाण्डेलाई सच्चिनका लागि अन्तिम मौका दिइएको ओलीले पत्रमा उल्लेख गरेका छन् । नेकपा अध्यक्ष केपी शर्मा ओलीले चैत ८ गते वरिष्ठ नेता नेपालसहित ४ जनालाई पार्टीको विधानविपरीत गतिविधि गरेको भन्दै स्पष्टीकरण सोधेका थिए ।

यसअघि ओलीले नेता माधवकुमार नेपाल र भीम रावललाई पनि ६ महिनाका लागि निलम्बन गरेका थिए । नेपाल र रावलले उक्त स्पष्टीकरणको जवाफ चैत १२ गते नै दिएका थिए । तर उनीहरूको जवाफ चित्तबुझ्दो नभएको भन्दै ओलीले चैत १६ गते दुवैलाई पार्टीको साधारण सदस्यबाट समेत ६ महिनाका लागि निलम्बन गरेका थिए ।

अध्यक्ष ओलीले भुसाल र पाण्डेको स्पष्टीकरणमा अहंकार देखिएको उल्लेख गरेका छन् । पत्रमा भनिएको छ, ‘तपाईंले पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने पार्टीभित्रको सहकार्य र सदभावलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट भेला गर्ने, उक्त कार्यलाई निरन्तरता दिने स्विकारोक्तिसहित अहंकार र आत्मकेन्द्रित कुराहरु उल्लेख गरी स्पष्टीकरणको जवाफ दिएको देखियो ।’

पत्रमा भनिएको छ, ‘तपाईंलाई सच्चिनको लागि यो अन्तिम मौका हो आफ्ना विचार र क्रियाकलापहरु सच्याई पार्टीका पक्षमा आएमा पार्टीले निलम्बन अवधिको बीचैमा पनि निलम्बनको अवधि घटाउने निर्णय गर्न सकिने र यस सच्चिइन दिइएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टी विरोधी गतिविधिहरु कायमै राखेमा निलम्बनको अवधि बीचमै थप कारबाही गर्न सकिने व्यहोरा समेत जानकारी गराइन्छ ।’

यस्तो छ घनश्याम भुसाललाई निलम्बन गरिएको पत्र

यस्तो छ घनश्याम भुसाललाई निलम्बन गरिएको पत्र यस्तो छ घनश्याम भुसाललाई निलम्बन गरिएको पत्र

यस्तो छ सुरेन्द्र पाण्डेलाई निलम्बन गरिएको पत्र

यस्तो छ सुरेन्द्र पाण्डेलाई निलम्बन गरिएको पत्र यस्तो छ सुरेन्द्र पाण्डेलाई निलम्बन गरिएको पत्र

यो पनि पढ्नुहोस्

अन्तत: ओलीले गरे भुसाल र पाण्डेमाथि कारबाही : पार्टीबाट ६ महिना निलम्बन

ओलीलाई सुरेन्द्र पाण्डेको ९ पन्ने स्पष्टीकरण : ‘तपाई कंगारु अदालतको अभ्यास गर्दै हुनुहुन्छ’ (पूर्णपाठ)

ओलीलाई घनश्यामको ११ पन्ने स्पष्टीकरण : कसका लागि पार्टी फटाउँदै हुनुहुन्छ ? (पूर्णपाठ)

ओलीलाई नेपालको स्पष्टीकरण : १३ बुँदे प्रश्नसहित मागे प्रतिस्पष्टीकरण (पूर्णपाठ)

ओलीलाई रावलको स्पष्टीकरण : तपाईलाई अनुशासनको कारवाही गरेकाे हाेइन ? ​(पूर्णपाठ)

अन्तत: ओलीले गरे नेपाल र रावलमाथि कारबाही : पार्टी सदस्यबाट ६ महिना निलम्बन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !