२१ बैशाख २०८१, शुक्रबार

अन्तत: ओलीले गरे नेपाल र रावलमाथि कारबाही : पार्टी सदस्यबाट ६ महिना निलम्बन


माधव नेपाल र भीम रावल

काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भीम रावललाई कारबाही गर्दै उनीहरू दुवैलाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्वन गरेको हो ।

पार्टी हितविपरीत गतिविधि गरेको भन्दै दुवै नेतालाई कारबाही गरिएको पत्र अध्यक्ष केपी शर्मा ओलीले पठाएका छन् । नेता नेपाल र रावलले पेश गरेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ६ महिनाका लागि निलम्वन गरेका हुन् ।

नेपाल र रावलले उल्टै अध्यक्ष ओलीमाथि आरोपहरू लगाउँदै प्रतिस्पष्टीकरण मागेपछि उनीहरू कारबाहीको भागिदार हुने अ‍ोलीले बताइसकेका थिए । दुवैलाई यसअघि स्पष्टीकरण सोधिएकोमा उनीहरुले कैयौं प्रतिप्रश्न गर्दै जवाफ फर्काएका थिए ।

सोमवार बालुवाटारमा महासचिव ईश्वर पोखरेलसहितका नेताहरूसँगको छलफलपछि नेपाल र रावलका गतिविधि एमाले फुटाउने र प्रचण्डको इशारामा चलिरहेको ठहर गर्दै ६ महिना पार्टी सदस्यबाट निलम्वन गर्ने निर्णय भएको एक नेताले बताए । भुसाल र पाण्डेले भने स्पष्टीकरण बुझाएका छैनन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !