२२ बैशाख २०८१, शनिबार

ओलीले खोसे घनश्याम भुसालको यतिठुलो महत्वपुर्ण पद


घनश्याम भुसाल

काठमाडौं । नेकपा एमालेले नेताद्वय घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई कारबाही गर्दै उनीहरू दुवैलाई ६ महिनाका लागि पार्टीबाट निलम्वन गरेको हो । नेताद्वयले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै दुवै नेतालाई कारबाही गरिएको पत्र अध्यक्ष केपी शर्मा ओलीले पठाएका छन् ।

नेता भुसाल र पाण्डेले पेश गरेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ६ महिनाका लागि निलम्वन गरेका हुन् । एमालेको केन्द्रीय समितिले गत चैत ८ गते ४ जना नेतामाथि स्पष्टीकरण सोधेको थियो ।

पहिलोपटक सोधिएको स्पष्टीकरणमा पाण्डे र भुषालले जवाफ दिएका थिएनन् । यसअघि ओलीले नेता माधवकुमार नेपाल र भीम रावललाई पनि ६ महिनाका लागि निलम्बन गरेका थिए । भुसाल एमालेका उप-महासचिव हुन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !