२० बैशाख २०८१, बिहिबार

प्रदेश-१ प्रदेशसभा बैठक चैत २३ गते


प्रदेश १ को प्रदेशसभा

मोरङ । प्रदेश नं १ प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशनको चौथो बैठक यही चैत २३ गते सोमबार दिनको २ बजे बस्ने भएको छ ।

प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीको आदेशानुसार प्रदेशसभा नियावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम प्रदेशसभा सदस्यलाई सूचना जारी गरिएको प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

गत चैत १ गते प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !