२३ बैशाख २०८१, आइतबार

बालुवाटारमा प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता

प्रतिनिधिसभालाई जीवन्त बनाउने विषयमा प्रधानमन्त्री र सभामुखबीच छलफल


बालुवाटारमा प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । आज आइतबार प्रधानमन्त्रीलाई भेट्न सभामुख सापकोटा बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका थिए ।

प्रतिनिधिसभा पुर्नस्थापना भएयता पहिलो पटक उनीहरुबीच भेट भएको हो । सोही क्रममा संसदमा विचाराधीन विधेयक अघि बढाउने र संसद सञ्चालनको विषयमा छलफल भएको बुझिएको छ ।

प्रतिनिधिसभालाई प्रभावकारी र जीवन्त बनाउने विषयमा प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बाालुवाटारमा आज भएको छलफलमा उनीहरूबीच सङ्घीय संसद्मा विचाराधिन रहेका महत्वपूर्ण विधेयकलाई अगाडि बढाउने विषयमा कुराकानी भएको हो ।

प्रतिनिधिसभालाई कसरी जीवन्त र जनमुखी बनाउन सकिन्छ भन्ने बारेमा उहाँहरूबीच छलफल भएको सभामुख सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए । प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच प्रतिनिधिसभाको बैठक सञ्चालनको समग्र प्रक्रियाबारे कुराकानी न्यौपानेले उल्लेख गरे ।

गत फागुन ११ गते प्रतिनिसभाको पुनःस्थापना भए पनि हालसम्म बैठक महत्वपूर्ण कार्यसूचीमा प्रवेश गरेको छैन । हिउँदे अधिवेशनलाई विशेष गरी विधेयक अधिवेशनका रुपमा लिइन्छ । प्रतिनिधिसभाको अर्को बैठक यही चैत १८ गतेका लागि बोलाइएको छ ।

प्रधानमन्त्री ओलीले सभामुख सापकोटाले संसद संचालन प्रक्रियामा सहयोगी नबनेको आरोप लगाउँदै आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !