२३ बैशाख २०८१, आइतबार

योगेश भट्टराईको स्टाटसलाई सुर्य थापाले गरे यतिसम्म अपमान !


सुर्य थापा, योगेश भट्टराई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले नेता योगेश भट्टराईमाथि प्रश्न गरेका छन्। थापाले एक स्टाटस लेख्दै बिगार्न बाँकीचाहिँ के नै राख्नुभयाे ? पुस ५ गतेयता हेरिटेज गार्डेनसम्मका तथा कथित भेलाहरूमा आफ्नै भूमिकाकाे आत्मसमीक्षा गर्नुभएकाे छ ? भन्दै प्रश्न गरेका छन्।

नेता भट्टराईले नेकपा एमालेको एकता कायम राख्न सबैले हरसंभब कोशिस गरौं भन्दै स्टाटस लेखेपछि थापाले उक्त स्टाटस शेयर गर्दै फागुन २३ पछि पार्टी निकट पत्रकारहरूका फुटगत भेला कति वटा गर्नुभयाे ? भन्दै प्रश्न गरेका छन्।

थापाले लेखेका छन्, “याेगेशजीकाे सच्चाइबाेधलाई धन्यवाद !तर यी तथ्य बिर्सनै नमिल्ने छन् -१. बिगार्न बाँकीचाहिँ के नै राख्नुभयाे ? पुस ५ गतेयता हेरिटेज गार्डेनसम्मका तथाकथित भेलाहरूमा आफ्नै भूमिकाकाे आत्मसमीक्षा गर्नुभएकाे छ ?२. फागुन २३ पछि पार्टी निकट पत्रकारहरूका फुटगत भेला कति वटा गर्नुभयाे ?”

यस्तो छ नेता भट्टराईको स्टाटस, “नेकपा एमालेको एकता कायम राख्न सबैले हरसंभब कोशिस गरौ । थोरै पनि लचकताबाट यो संभव छ । बिग्रे पछि हुने नोक्सानीले मुलुकलाई दशकौ पछि धकेल्ने छ । अतिबाद र अस्थिरताले के सम्म गर्छ निकट बिगतलाई सम्झे मात्र पुग्छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !