काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले बोलाएको पार्टीको संसदीय दलको बैठक केहि समयअघि प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।
नेकपा एमालेको खनाल-नेपाल समूहले बैठकमा भाग लिने निर्णय गरेसँगै पूर्वप्रधानमन्त्री एवं एमालेका बरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा सांसदहरु आजको बैठकमा सहभागी भएका छन् । बालुवाटारमा जारी रहेको बैठकमा नेता वामदेव गौतम पनि सहभागी भएका छन् ।
तर एमालेको उक्त समूहका वरिष्ठ नेता माधव नेपाल र नेता भीम रावल भने बालुवाटार गएका छैनन् । एमालेका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार प्रधानमन्त्री तथा संसदीय दलका नेता ओलीले प्रतिनिधिसभा बैठक र पार्टीका सांसदहरूको भूमिका बारेमा छलफल गर्न दलको बैठक बोलाएको बताएका छन् ।
भट्टराइका अनुसार आज बस्ने बैठकमा ३ वटा विषयमा छलफल हुने जानकारी दिएका छन् । उनका अनुसार संसद बैठक प्रभावकारी बनाउने, सांसदहरुलाई विकास निर्माणका योजनाहरु कसरी पेश गर्ने भन्ने तरिका सिकाउने र दललाई एकढिक्का बनाउने विषय छलफलका एजेण्डा रहेका छन् ।
नेकपा एमालेका नेता झलनाथ खनाल र माधव नेपाल समूहका केन्द्रीय सदस्यहरू र सांसदहरूको आज बसेको बैठकले पार्टीभित्रै बसेर ओलीसँग संघर्ष गर्ने निर्णय गरेको छ ।
आज काठमाडौँको कलंकीस्थित मेगा पार्टी प्यालेसमा भएको बैठकले सो निर्णय गरेको हो । नेता रघुजी पन्तका अनुसार पार्टीलाई विधि, पद्धति अनुसार चलाउन समेत आग्रह गरिएको छ ।
आज भएको सो बैठकमा ६० जना जति केन्द्रीय सदस्यको वैठकमा सहभागी भएको ती नताले दावी गरे । पार्टीभित्रै बसेर विधि र पद्दतिका लागि लड्ने निर्णय भएको पनि उनले जानकारी दिए ।
पछिल्लो पटक चैत ७ गतेको बैठक चलिरहेका बेला माधव नेपाल पक्षले बैठकमा आउन नसक्नुको लिखित कारण पठाएको थियो । प्रतिनिधिसभामा एमालेका १२० सांसदमध्ये खनाल-नेपाल समूहमा हाल ३५ जना रहेका छन् ।
सर्वोच्च अदालतले २३ फागुनमा नेकपा खारेज गरी साविकको एमालेमा र माओवादी ब्युँत्याएपछि एमालेमा ओली समूह र खनाल-नेपाल समूहबीच विवाद चरम बिन्दुमा पुगेको छ । एमाले ब्युँतिएपछि ३ पटक संसदीय दलको बैठक बस्दा पनि खनाल-नेपाल समूह सहभागी भएको थिएन ।
यो पनि पढ्नुहोस्
खनाल-नेपाल समूहको निर्णय : पार्टीभित्रै बसेर ओलीसँग संघर्ष गर्ने
खनालको नेतृत्वमा संसदीय दलको बैठकमा जाने, तर नेपाल र रावल नजाने
ओलीले बोलाएको एमाले संसदीय दलको बैठक बस्दै, खनाल-नेपाल समूह पनि सहभागी हुने
ओलीले बोलाएको एमाले संसदीय दलको बैठक बस्दै
ओलीलाई नेपालको स्पष्टीकरण : १३ बुँदे प्रश्नसहित मागे प्रतिस्पष्टीकरण (पूर्णपाठ)
ओलीलाई रावलको स्पष्टीकरण : तपाईलाई अनुशासनको कारवाही गरेकाे हाेइन ? (पूर्णपाठ)