७ बैशाख २०८१, शुक्रबार

ओलीले बोलाएको एमाले संसदीय दलको बैठक बस्दै, खनाल-नेपाल समूह पनि सहभागी हुने


एमालेका संसदीय दलको बैठक फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले बोलाएको पार्टीको संसदीय दलको बैठक आज बस्दैछ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार बैठक आज शुक्रबार दिउसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको हो ।

भट्टराईका अनुसार प्रधानमन्त्री तथा संसदीय दलका नेता ओलीले प्रतिनिधिसभा बैठक र पार्टीका सांसदहरूको भूमिका बारेमा छलफल गर्न दलको बैठक बोलाएको बताएका छन् ।

भट्टराइका अनुसार आज बस्ने बैठकमा ३ वटा विषयमा छलफल हुने जानकारी दिएका छन् । उनका अनुसार संसद बैठक प्रभावकारी बनाउने, सांसदहरुलाई विकास निर्माणका योजनाहरु कसरी पेश गर्ने भन्ने तरिका सिकाउने र दललाई एकढिक्का बनाउने विषय छलफलका एजेण्डा रहेका छन् ।

आज शुक्रबार नै नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल समूहले केन्द्रीय समिति बैठक बोलाएको छ । नेकपा एमालेको आज बस्ने संसदीय दलको बैठकमा झलनाथ खनाल र माधव नेपाल समूहका सांसदहरु पनि सहभागी हुने भएका छन् ।

सर्वोच्च अदालतले २३ फागुनमा नेकपाको नामको आधिकारिकता ऋषि कट्टेलको नेकपालाई दिएसँगै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पनि ब्युँतिएका हुन् । एमाले ब्युँतिएपछि ३ पटक संसदीय दलको बैठक बस्दा पनि खनाल-नेपाल समूह सहभागी भएको छैन ।

पछिल्लो पटक चैत ७ गतेको बैठक चलिरहेका बेला माधव नेपाल पक्षले बैठकमा आउन नसक्नुको लिखित कारण पठाएको थियो । प्रतिनिधिसभामा एमालेका १२० सांसदमध्ये खनाल-नेपाल समूहमा हाल ३५ जना रहेका छन् ।

यो पनि पढ्नुहोस्

ओलीलाई नेपालको स्पष्टीकरण : १३ बुँदे प्रश्नसहित मागे प्रतिस्पष्टीकरण (पूर्णपाठ)

ओलीलाई रावलको स्पष्टीकरण : तपाईलाई अनुशासनको कारवाही गरेकाे हाेइन ? ​(पूर्णपाठ)

कोटेश्वरमा प्रचण्ड र नेपालबीच भेटवार्ता, के भयो छलफल ?

ओलीले बोलाए संसदीय दलको बैठक, खनाल-नेपाल समूह होला त सहभागी ?

खनाल-नेपाल समूहले बोलायो केन्द्रीय समिति बैठक


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !