१२ असार २०८१, बुधबार

खनाल-नेपाल समूहले बोलाएको केन्द्रीय समिति बैठक जारी


माधव नेपाल र झलनाथ खनाल फाइल फोटो

काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल समूहले केन्द्रीय समिति बैठक जारी रहेको छ । सो समूहका एक नेताका अनुसार बैठक आज शुक्रबार बिहान ११ बजेका लागि तय गरिएतापनि १२ बजेबाट बैठक कलंकीस्थित मेगा पार्टी प्यालेसमा शुरू भएको हो ।

आज बसिरहेको बैठकमा कसरी अघि बढ्ने भन्ने विषयमा रणनीतिवारे छलफल हुने बताइएको छ । अप्ठ्यारो अवस्थामा रहेको पार्टी एकतालाई कसरी जोगाउने र कसरी अघि बढ्ने भन्ने नै आजको बैठकको मुख्य छलफलको एजेण्डा रहेको ती नेताले बताए ।

केन्द्रीय सदस्यहरू बीचको छलफलबाट एमालेको केन्द्रीय र स्थायी कमिटी बैठक बोलाउन माग गर्ने, स्पष्टीकरण र चार जना नेताले दिएको जवाफ लगायतका विषयमा धारणा बनाउने बताइएको छ ।

प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले बोलाएको पार्टीको संसदीय दलको बैठक आज बस्दैछ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार बैठक आज शुक्रबार दिउसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको हो ।

नेकपा एमालेको आज बस्ने संसदीय दलको बैठकमा झलनाथ खनाल र माधव नेपाल समूहका सांसदहरु पनि सहभागी हुने भएका छन् । भट्टराईका अनुसार प्रधानमन्त्री तथा संसदीय दलका नेता ओलीले प्रतिनिधिसभा बैठक र पार्टीका सांसदहरूको भूमिका बारेमा छलफल गर्न दलको बैठक बोलाएको बताएका छन् ।

भट्टराईका अनुसार आज बस्ने बैठकमा ३ वटा विषयमा छलफल हुने जानकारी दिएका छन् । उनका अनुसार संसद बैठक प्रभावकारी बनाउने, सांसदहरुलाई विकास निर्माणका योजनाहरु कसरी पेश गर्ने भन्ने तरिका सिकाउने र दललाई एकढिक्का बनाउने विषय छलफलका एजेण्डा रहेका छन् ।

पार्टीले सोधेको प्रष्टीकरणपछि खनाल-नेपाल समूहको बसेको केन्द्रीय कमिटी बैठकपछि सो समूहका सांसदहरूसँग पनि परामर्श गर्ने भएको छ । उक्त समूहले ओलीले बोलाएको बालुवाटारको बैठकमा जाने नजाने भन्नेबारे दुई मत देखिन्छ । केही नेताहरु जानुपर्ने पक्षमा देखिएका छन् भने केहि नेताहरु जान नहुने पक्षमा छन् ।

सर्वोच्च अदालतले २३ फागुनमा नेकपा खारेज गरी साविकको एमालेमा र माओवादी ब्युँत्याएपछि एमालेमा ओली समूह र खनाल-नेपाल समूहबीच विवाद चरम बिन्दुमा पुगेको छ ।

यो पनि पढ्नुहोस्

ओलीले बोलाएको एमाले संसदीय दलको बैठक बस्दै

ओलीलाई नेपालको स्पष्टीकरण : १३ बुँदे प्रश्नसहित मागे प्रतिस्पष्टीकरण (पूर्णपाठ)

ओलीलाई रावलको स्पष्टीकरण : तपाईलाई अनुशासनको कारवाही गरेकाे हाेइन ? ​(पूर्णपाठ)

कोटेश्वरमा प्रचण्ड र नेपालबीच भेटवार्ता, के भयो छलफल ?

ओलीले बोलाए संसदीय दलको बैठक, खनाल-नेपाल समूह होला त सहभागी ?

खनाल-नेपाल समूहले बोलायो केन्द्रीय समिति बैठक


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !