४ बैशाख २०८१, मंगलबार

खनाल-नेपाल समूहको तयारी : खुला जवाफ मार्फत ओलीलाई नै प्रतिस्पष्टीकरण सोध्ने


माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाल

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल समूहले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको खुला जवाफ मार्फत प्रतिस्पष्टीकरण सोध्ने तयारी गरेको छ ।

ओलीले पार्टी विपरित गतिविधि गरेको भन्दै ३ भित्र जवाफ दिन माधव नेपालसहित ४ जना नेतालाई स्पष्टीकरण पत्र पठाएको थियो । एमालेले वरिष्ठ नेता नेपालसहित नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोधेको जवाफका लागि तयारी गरिरहेको छ ।

खनाल-नेपाल समूहका एक नेताका अनुसार स्पष्टीकरणको जवाफसहित ओलीलाई समेत प्रतिस्पष्टीकरण सोधेर जवाफ दिने तयारी भइरहेको छ । स्पष्टीकरणको जवाफ तयार गरिरहेको उनले बताए ।

स्पष्टीकरणको जवाफ दिने विषयमा खनाल-नेपाल समूहका स्थायी कमिटी सदस्यहरुले जवाफी पत्र तयार गरिरहेको छ । केन्द्रीय कमिटी बैठकको निर्णय अनुसार पार्टी महासचिव ईश्वर पोखरेलले हस्ताक्षर गरेको पत्र साेमबार नेताहरुलाई पठाइएको थियो ।

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहको नेकपा एमालेको गत शनिबार बालुवाटारमा बसेको बैठकले एमालेका ४ नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । फागुन २८ गते एकलौटी रूपमा केन्द्रीय सदस्य थपेको र विधान संशोधन गरेको भन्दै नेपाल समूह शनिबारको बैठकमा अनुपस्थित भएको थियो ।

चित्तबुझ्दो स्पष्टीकरण नदिए पार्टी विधान अनुसार थप कारबाही गरिने निर्णय पनि बैठकले गरेको थियो । एमालेका नेता भीम रावलले आफ्नो सांसद पद गएपनि केपी शर्मा ओलीसँग नझुक्ने दावी गर्दै आएका थिए । नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीका नेताहरुलाई स्पष्टीकरण सोध्ने अधिकार अवैध केन्द्रीय कमिटीलाई नरहेको दावी गरेका थिए ।

उनीहरुले आफूहरु अध्यक्ष केपी शर्मा ओलीले एकल रुपमा गरेका कुनै पनि निर्णय नमान्ने बताउँदै दशौं महाधिवेशन आयोजक समितिका सदस्य भन्नु नै गलत भएको टिप्पणी गरेका छन् । नेता भीम रावलले महाधिवेशन आयोजक कमिटी भन्नु नै विधान विपरित रहेको बताएका थिए ।

नक्कली केन्द्रीय कमिटी बनाएको र अवैध रुपमा सोधिएको स्पष्टीकरणको कुनै अर्थ नहुने तर्क यो समूहको थियो । उक्त समूहले उल्टै अध्यक्ष ओलीलाई प्रष्टीकरण सोध्ने भएको हो । स्पष्टीकरणको संगति नै नमिलेकाले त्यसको जवाफ स्वरुप प्रतिस्पष्टीकरण दिएर अध्यक्ष ओलीलाई टक्कर दिने यो समूहले तयारी गरिरहेको छ । यसरी नेकपा विवाद थप चर्किएर उत्कर्षमा पुग्ने देखिएको छ ।

यो पनि पढ्नुहोस्

अन्तत: झुक्यो खनाल-नेपाल समूह : चार नेताले जवाफ पठाउने

खनाल-नेपाल समूहको तयारी : स्पष्टीकरणको जवाफसहित ओलीलाई नै प्रतिस्पष्टीकरण सोध्ने

ओलीलाई खनाल-नेपाल समूहको टक्कर : ओलीलाई नै प्रतिस्पष्टीकरण सोध्ने तयारी

अन्तत: एमालेले सोध्यो माधव नेपालसहित ४ जना नेतालाई स्पष्टीकरण

माधव नेपालसहित एमालेका ४ जना नेतालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !