२२ बैशाख २०८१, शनिबार

ओलीले उपाध्यक्ष पदवाट हटाएपछि भीम रावलले यतिसम्म गाली गरे


भीम रावल

काठमाडौं । एमालेका नेता भीम रावलले पार्टीको विधान विपरीत आफूहरुलाई स्पष्टीकरण सोधेको भन्दै विरोध गरेका छन् । रावलले अध्यक्ष केपी शर्मा ओलीलाई विधान विपरीत सोध्न लाज लाग्नुपर्ने बताएका छन् ।

अध्यक्ष ओलीले एमाले केन्द्रीय समितिमा आफ्ना मान्छेहरूलाई मनोनयन गरेर पार्टी फुटाउने र विभाजन गर्ने षड्यन्त्र गरेको रावलले आरोप लगाए । नेता रावलले भने, ‘विधान कुल्चेर हामीलाई हटाएको रे, अनि तपाईंहरुले अनुशासन मान्नुभएन, बैठकमा आउनु भएन भनेर स्पष्टीकरण सोध्न तपाईंलाई लाज लाग्दैन ?’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !