४ जेष्ठ २०८१, शुक्रबार

ओलीले रामकुमारी झाँक्रीलाई नेताको योग्यता नै नभएको भन्दै यतिसम अपमान गरेपछि…


केपी ओली र राम कुमारी झाक्री

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोधिने नेताहरुको सूचीबाट महिला नेतृ रामकुमारी झाँक्रीको नाम हटाएका छन् ।

एमालेको ओली समूहका एक नेताका अनुसार स्पष्टीकरण सोधिने नेताहरुको सूचीमा उनको नाम भएपनि ओलीले अन्तिममा आएर रोकेका हुन् । शुरुमा ५ जना नेताहरु माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल तथा रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोध्ने निर्णय भएको थियो ।

तर अन्तिममा आएर झाक्रीको नाम हटाइएको हो । ओली समूहको नेकपा एमालेको आज शनिबार बैठकले बालुवाटारमा एमालेका झाक्री बाहेक ४ नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

ओली समूहका ती नेताको अनुसार ओलीले झाँक्रीलाई स्पष्टीकरण नै सोध्नुपर्ने गरी उनको ‘तौल’ वा राजनीतिक हाइट नपुगेको भन्दै बाँकी सदस्यहरुलाई कन्भिन्स गराएपछि उनलाई स्पष्टीकरण सोध्ने प्रारम्भिक निर्णय परिवर्तन गरिएको बताए । साथै समानान्तर रुपले जनसंगठन बनाउने सबै नेतालाई कारबाहीको प्रक्रिया अगाडि बढाउने निर्णय वैठकले गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !