२२ बैशाख २०८१, शनिबार

भावुक हुँदै शान्ता चौधरी भन्छिन्, “अब त अति भयो !”


शान्ता चौधरी

काठमाडौं । एमालेकी सचेतक शान्ता चौधरीले महाधिवेशनमा आफ्नोबिचार राख्न पाइने बताएकी छन्। चौधरीले नेतृत्वमा प्रतिस्पर्धा गर्न पाईने र आफुसँग बीचार मिल्ने नेतालाई जिताउनका लागि कसरत गर्न पाईने दावी गरेकी छन्।

चौधरीले सामाजिक संजालमा एक स्टाटस लेख्दै पार्टीको निर्वाचित अध्यक्ष मान्दिन भन्न नपाइने बताएकी छन्। चौधरीले माधव नेपाल-झलनाथ खनाल समूहलाई विधि मिचेर विधिको पाठ नसिकाउन आग्रह समेत गरेकी छन्।

चौधरीले पद्धति कुल्चेर कार्यकर्तालाई पद्धतिकाकुरा धेरै नघोकाउन आग्रह समेत गरेकी छन्। चौधरीले लेखेकी छन्, “महाधिवेशनमा आफ्नोबिचार राख्न पाईन्छ नेतृत्वमा प्रतिस्पर्धा गर्नपाईन्छ आफुसँग बीचारमिल्ने नेतालाई जिताउनका लागि कसरत गर्नपाईन्छ तर पार्टीको निर्वाचित अध्यक्ष मान्दिन भन्न पाईंदैन विधिमिचेर विधिको पाठ नसिकाउनुहोस पद्धति कुल्चेर कार्यकर्तालाई पद्धतिकाकुरा धेरै नघोकाउनुहोस अबत अतिभयो।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !