१४ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीले किन बोलाए एमाले संसदीय दलको बैठक ?

ओलीले बोलाए एमाले संसदीय दलको बैठक


केपी शर्मा ओली फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । एमालेको संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्री ओलीले बिहिबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाइएको नेकपाको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार सूर्य चुनाव चिह्नबाट चुनाव जितेका सबै संसदलाई संसदीय दलको बैठकमा आमन्त्रण गरिएको हो । बिहीबार ११ बजे बालुवाटारमा बस्ने बैठकमा आउन सबै सांसदहरुलाई एसएमएस गरेर निम्तो समेत दिएको भट्टराईले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !