२१ बैशाख २०८१, शुक्रबार

ओलीमाथि अर्को चटारो : नेपाल-खनाल समूहले गर्यो यतिठुलो निर्णय


माधव समूह

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल-झलनाथ खनाल समूहले चैत ४ र ५ गते आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने भएका छन् । केपी शर्मा ओलीसँग भएको छलफलपछि नेपाल-खनाल समूहले नेपालले राष्ट्रिय भेला नरोकिने बताएका हुन् ।

स्रोतका अनुसार ओलीसँगको सम्वाद सकारात्मक हुन नसकेकाले भेला नरोकिने भएको हो । ओलीले मंगलबार बालुवाटारमा आयोजना गरिएको चियापान कार्यक्रममा नेता खनाल–नेपाल समूहका नेताहरुले नजाने बताएका छन् । नेताहरुले आफ्नो समूहका कोही पनि उक्त चियापानमा नजान निर्देशन दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !