२० बैशाख २०८१, बिहिबार

ओलीसँग छलफल सकेपछि माधव नेपालले दिए यस्तो कडा प्रतिक्रिया


माधव नेपाल फाइल फोटो

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली कुनै निर्णय खारेज गर्न तयार नभएको टिप्पणी गरेका छन् । एमाले शीर्ष नेताहरुबीच सोमबार भएको छलफलपछि नेपालले २८ फागुनको निर्णय खारेज गर्न ओली तयार नभएको बताए ।

बैठकपछि नेता नेपालले अदालतको फैसलापछि पूर्व एमालेको जुन स्थान थियो, संरचना, पदाधिकारी र सदस्यका हिसाबले, त्यो ठाउँमा फर्कन आग्रह गरे पनि नमानेको बताए । नेपालले २८ गतेको बैठक वैधानिक नभएको र त्यसलाई शून्य स्थितिमा पुर्‍याउने दावी गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !