९ मंसिर २०८१, आइतबार

प्रचण्डको कन्तबिजोक : बादल-रायमाझीलगायत नेताहरुले साथ छाडेपछि ४ हजारको केन्द्रीय कमिटी २ सयमा झर्‍यो


केपी ओली, बादल र लेखराज भट्ट

काठमाडौं । माओवादी केन्द्रको केन्द्रीय कमिटी ४ हजार सदस्यीयदेखि २ सयमा झरेको छ । एमाले सँग एकता हुँदा माओवादीबाट २ सय र एमालेबाट २४५ गरी ४४५ सदस्यीय केन्द्रीय समिति बनाइएको थियो ।

सर्वोच्च अदालतले माओवादी केन्द्र ब्युँताएपछि आइतबार केन्द्रीय कमिटी बैठक पहिलो पटक बसेको थियो । एक नेताका अनुसार बैठकमा २ सय केन्द्रीय सदस्यहरु उपस्थित थिए । नेताका अनुसार अब माओवादी केन्द्रको केन्द्रीय समिति २०० नै कायम हुनेछ । माओवादीको अर्को बैठक सोमबार बिहान ११ बजे बस्दैछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !