२० बैशाख २०८१, बिहिबार

ओली भन्छन्, ‘मैले बैठक जहाँ बोलाउँछु, झलनाथ-माधव त्यहीँ आउनुपर्छ’


केपी शर्मा ओली फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेका बरिष्ठ नेता झलनाथ खनाल र नेता माधव नेपाल आफूले बैठक जहाँ बोलाएपनि त्यहीँ आउनुपर्ने बताएका छन् । हिजो आइतबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा बरिष्ठ पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उक्त अन्तरवार्तामा उनले बाहिर-बाहिर चर्को कुरा गरेर हिँडेर केही नहुने भन्दै केही कुरा भए केन्द्रीय समिति बैठकमा आएर छलफल गर्न सकिने बताएतापनि यसबीचमा नेपाल समूहले गरेका गल्तीहरु महसुश गर्नुपर्ने पनि बताए ।

तर, वरिष्ठ नेताहरु माधव नेपाल र झलनाथ खनालहरुले त बालुवाटारमा बोलाईएको बैठकमा कुनै पनि हालतमा नजाने भनेर भनिसक्नुभएको छ नि ? भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा उनले भने,”बैठक मैले जहाँ बोलाउँछु, त्यहीँ हुन्छ । बालुवाटारको बैठकमा नआउनेहरु पेरिसडाँडा जानुहोस न त । सर्वोच्च अदालतले पनि तिम्रो पार्टी बालुवाटारमा छ भन्दिएको छ । पार्टीको बैठकमा आउनुपर्यो नि । बैठकमा आउनुपर्यो अनि गल्ती भयो, त्रुटि भयो भनेर महसुस गर्नुपर्यो ।”

उनले आफूले चैत्र ७ गते बोलाएकोले सबैलाई आउन निर्देशन दिएका छन् । साथै प्रधानमन्त्री ओलीले आफूले पार्टीको बैठक जहाँ बोलाएपनि त्यहाँ सबै नेताहरु आउनुपर्ने बताएका हुन् ।

पत्रकार धमलाले के खनाल-नेपाल समूहलाई बैठकमा सहभागी नभए कारबाही गर्नुहुन्छ भन्ने प्रश्नको उत्तर दिदै प्रधानमन्त्री ओलीले भने, ‘त्यो मैले चाल्ने कदम होइन, केन्द्रीय समितिले जे भन्छ त्यही अनुसार हुन्छ । उहाँ आउनु भएन भने गलय हुनुहुन्छ ।’

खनाल-नेपाल समूह चैत ७ गते बालुवाटारमा बोलाइएको केन्द्रीय समिति बैठकमा अनुपस्थित भए स्वाभाविक रुपमा कदम चालिने बताएतापनि उनले कस्तो कदम चालिने भन्नेबारे प्रष्ट बताएनन् ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री ओली भन्छन्, ‘मेरो र मोदीजीको केमेष्ट्री मिलेको छ’

माधव-झलनाथ एमालेवाट बाहिरिए केहि फरक पर्दैन : प्रधानमन्त्री ओली

खनाल-नेपाललाई कारबाही गर्ने बारेमा यस्तो छ प्रधानमन्त्री ओलीको सनसनीपूर्ण खुलासा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !