२ जेष्ठ २०८१, बुधबार

प्रधानमन्त्री ओली भन्छन्, ‘मेरो र मोदीजीको केमेष्ट्री मिलेको छ’

मेरो मोदीजीसँग कुराकानी भई रहेको छ : प्रधानमन्त्री ओली


केपी शर्मा ओली र नरेन्द्र मोदी फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको केमेष्ट्री मिलेको बताएका छन् । हिजो आइतबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा बरिष्ठ पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफूले व्यवहारिक रुपमा नै नेपाल र भारतवीच समस्यारहित सुमधुर सम्बन्ध बनाउने प्रयास गरेको पनि बताए । यस्तै उनले भारतीय समकक्षी मोदीसँग कुराकानी भई रहेको पनि जनाएका छन् । तर उनले एक देशको प्रधानमन्त्रीले अर्को देशको प्रधानमन्त्रीसँग दैनिक कुराकानी नभएपनि आवश्यक परेको बेला कुराकानी भईरहेको स्पष्ट पारे ।

उनले भारतसँग सुमधुर सम्बन्ध हुनुमा कुनै जादुको छडी नभएको भन्दै यसको लागि आफूले सार्थक प्रयास र पहल गरेको पनि स्पष्ट बताए । प्रधानमन्त्री ओलीले नेपाल-भारत द्धिपक्षीय सम्बन्ध सुमधुरको लागि दुवै तर्फबाट ईमानदार राजनीतिक प्रयासहरु भईरहेको खुलासा गरे ।

यो पनि पढ्नुहोस्

माधव-झलनाथ एमालेवाट बाहिरिए केहि फरक पर्दैन : प्रधानमन्त्री ओली

खनाल-नेपाललाई कारबाही गर्ने बारेमा यस्तो छ प्रधानमन्त्री ओलीको सनसनीपूर्ण खुलासा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !