८ जेष्ठ २०८१, मंगलबार

प्रचण्डलाई शान्ता चौधरीले दिइन् यतिठुलो चेतावनी


शान्ता चौधरी

काठमाडौं । नेकपा एमालेकी नेतृ शान्ता चौधरीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु पनि सकिने र अरुलाई पनि सिध्याउने तर्फ उन्मुख भएको भन्दै आरोप लगाएकी छन्।

ट्वीटरमा एक स्टाटस लेख्दै चौधरीले माधव नेपालले प्रचण्डसँग राजनीतिक भविष्यको सहयोगी नभएको र नेपाल चै जाल झेलमा फसेको टिप्पणी गरेकी छन्।

चौधरीले लेखेकी छन्, “कतै कमरेड प्रचण्ड आफु पनि सकिने र अरुलाई पनि सकाई दिने तर्फ उन्मुख हुनु भएको त होइन । आदरणीय कमरेड माधव नेपाल तपाईं जोसँग सहकार्य गर्नु भएको छ वहाँ तपाईंको राजनीतिक भविष्यको सहयोगी हुँदै होईन, तपाइँ चै जाल झेल मा फस्नु भयो कि जस्तो लागेको छ!”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !