२१ बैशाख २०८१, शुक्रबार

काँग्रेस नेता खतिवडाले प्रधानमन्त्री ओलीलाई गरे अहिलेसम्मै दह्रो कटाक्ष


रामहरि खतिवडा

काठमाडौँ । नेपाली काँग्रेसका सक्रिय यूवा नेता तथा पूर्व सांसद रामहरि खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहिलेसम्मै दह्रो कटाक्ष गरेका छन् । सामाजिक संजाल ट्वीटरमा लेख्दै उनले प्रधानमन्त्री ओलीलाई संविधान, कानुन, नियम, नैतिकताको केही मतलब नभएको आरोप समेत लगाएका छन् ।

नेता खतिवडाले हत्यारा, डाका,चोर, बलात्कारी सबैलाई जेलबाट छोड्न ओली तयार भएको भन्दै व्यङ्ग गरेका छन् । यस्तै प्रधानमन्त्री ओली र आफूले बनाएको मेरो गुटको राष्ट्रपति छोड्न स्वयम् ओली तयार नभएको समेत आरोप लगाएका छन् ।

साथै सत्ताका लागि जुनसुकै अपबित्र गठबन्धन तयार रहेको यहि नेपाल र नेपालीका लागि ओलीको स्पष्ट अडान भएको भन्दै तीखो व्यंग समेत प्रधानमन्त्री ओलीलाई गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !