७ बैशाख २०८१, शुक्रबार

बाबुराम भन्छन्, ‘जसपा मुसा दौडमा छैन है’ : होला त ओलीसँग सत्ता साझेदारी ?


डा. बाबुराम भट्टराई

काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले जसपा मुसा दौडमा नभएको बताएका छन् । देश संकटमा परेका बेला नेताहरूको भूमिका अपेक्षित स्तरको नभएको पनि भट्टराईको भनाइ छ ।

सामाजिक संजाल ट्वीटरमा आज बिहान लेख्दै उनले अदालतको कृपाले अलिअलि लाज बचेको बेला पुन: उही म्युजिकल चेयरको खेलमा लाग्नु सट्टा समस्याका संरचनात्मक कारण खोतल्ने, आफ्नो आत्मसमीक्षा गर्ने र अग्रगामी निकास दिने बेला भएको भन्दै एमालेका नेताहरुलाई संचेत गराएका छन् ।

उनले लेखेका छन्, ‘देश यति गम्भीर संकटमा फसेको बेला राजनीतिक दल र नेताहरूको भूमिका अपेक्षित स्तरको भएन है ! अदालतको कृपाले अलिअळि लाज बचेको बेला पुन:उही म्युजीकल चेयरको खेलमा लाग्नुसट्टा समस्याका संरचनात्मक कारण खोतल्ने, आफ्नो आत्मसमीक्षा गर्ने र अग्रगामी निकास दिने पो हो त ! जसपा त्यो मुसा दौडमा छैन है !’

सत्ता साझेदारी गर्ने विषयमा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीचको छलफल ‘सकारात्मक’ देखिएको छ । सर्वोच्च अदालतले नेकपा एकता बदर गर्दै साविक पार्टी ब्युँताएपछि अनौपचारिक रूपमा सुरु भएको छलफलले बिहीबार औपचारिकता पाएको हो ।

जसपाका शीर्ष नेता दिनभर आन्तरिक छलफल गरी एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गर्न बालुवाटार पुगेका थिए । तर जसपा पदाधिकारी बैठकले पाँच शीर्ष नेताले प्रधानमन्त्री ओलीसँग कुराकानी गर्ने भने पनि भट्टराई बालुवाटार गएका थिएनन् ।

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी ऋषि कट्टेलको भएको फैसला गरिदिएपछि नेकपा एमाले र माओवादी केन्द्र अस्तित्वमा आएका छन् । प्रधानमन्त्री ओलीलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लिएमा प्रधानमन्त्री ओलीले बहुमत पुर्‍याउन अर्को कुनै दलको समर्थन खोज्नुपर्ने हुन्छ ।

त्यसैले नयाँ बन्ने सत्ता समीकरणमा जसपा निर्णायक भूमिकामा देखिएको छ । जसपाले सांसद रेशम चौधरीको रिहाइ, मुद्दा फिर्ता र संविधान संशोधनका विषयमा माग राख्दै आएको छ ।

सरकारले यी मुख्य ३ वटा माग सरकारले पुरा गरेमा जसपा सरकारमा जाने संकेत दिएको छ । बैठक सकिएपछि बालुवाटारवाट बाहिरिनु अघि जसपाका नेताहरु र प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री बिष्णु पौडेलको हाउभाउ र शरीरको भाषा बुझ्दा पनि वार्ता सकारात्मक भएको र एमालेले जसपाको सहयोग खोजे जस्तो देखिन्छ भने यी मुख्य ३ वटा मागहरु भन्दा अझ ठूलो भावी पद पाउने आकांक्षा राखेका जसपाका नेताहरु पनि खुशी देखिन्छन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई ओलीसँग सहकार्य गर्ने पक्षमा थिएनन् । तर रेशम चौधरीको रिहाइ सबैको साझा एजेण्डा भएकोले ओलीसँग सत्ता साझेदारीमा उनीहरु सकारात्मक भएको विश्लेषण गर्न सकिन्छ साथै यसमा दक्षिणको छिमेकी मित्रराष्ट्रको दवाव पनि हुनसक्ने देखिएकोले यादव र भट्टराई पनि सरकारमा जानको लागि सहमति जनाएपछि हिजो बालुवाटार प्रधानमन्त्री ओलीलाई भेट्न गएको जस्तो देखिन्छ ।

यो पनि पढ्नुहोस्

एमाले र जसपा वीचको वार्ता सकारात्मक, जाला त सरकारमा ?

जसपाको मुख्य एजेण्डा रेशम चौधरी रिहा, होला त रिहा ?

जसपाका एमालेसँग तीन माग, होला त सत्ता साझेदारी ?

सत्तामा टिकिरहन प्रधानमन्त्री ओलीको यतिठुलो रणनीति

प्रधानमन्त्री ओलीसँग भएको छलफल सकारात्मक : जसपा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !