२० बैशाख २०८१, बिहिबार

नेपाल कम्युनिस्ट पार्टी र नेकपा क्रान्तिकारी माओवादीवीच पार्टी एकता हुने


baidhya-biplab

२२ माघ, काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी र नेकपा (क्रान्तिकारी माओवादी)को उच्चस्तरिय वार्ता सम्पन्न भएको छ । पार्टी एकताको विषयलाई लिएर दुबै पार्टीका शिर्ष नेताहरुवीच भएको वार्तामा तीन बुँदे सहमति भएको छ ।

आइतबार भएको वार्तामा जनयुद्ध दिवससँगै मनाउने, राष्ट्रिय स्वाधिनता, भ्रष्टाचार, जनजिवीकाका विषयमा संयुक्त रुपमा संघर्ष गर्ने र कम्युनिस्ट आन्दोलनलाई एकीकृत र ध्रुविकरण गर्ने दुबै पार्टीका शिर्ष नेताहरुले सहमति गरेका छन् । पार्टी एकताबारे थप छलफल गर्दै जाने सहमति भएको बताइएको छ ।(onlinedabali)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !