१५ बैशाख २०८१, शनिबार

अन्तत: कोमल वलीले दिइन् रघुजी पन्तविरुद्ध मुद्दा, ४ वर्ष कैद हुन सक्ने


कोमल ओली, रघुजी पन्त

काठमाडौं । कोमल वलीले नेकपा एमालेका नेता रघुजी पन्तविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी छन् । सार्वजनिक कार्यक्रममा आफ्नो इज्जतमा धक्का पुर्‍याउने नियतले गाली र बेइज्जती गरेको भन्दै उनले पन्तविरुद्ध ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको सजाय माग गर्दै मुद्दा दायर गरेकी हुन् ।

वलीले गाली गरेवापत १ वर्ष कैद र १० हजार जिरवाना तथा बेइज्जती गरेवापत २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना र त्यसको विद्युतीय माध्यमबाट प्रचार प्रसार गराएवापत थप १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना माग दावी गरेकी हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !