१४ बैशाख २०८१, शुक्रबार

पूर्वराजा शाह आज भारत भ्रमणमा जाँदै


gyanendra shaha

२२ माघ, काठमाण्डौ । पूर्वराजा ज्ञानेन्द्र शाह आज भारत भ्रमणमा जाने भएका छन् । भारतीय विदेशमन्त्री सुस्मा स्वराजको नेपाल भ्रमणलगत्तै ज्ञानेन्द्र ओडिसाको जगन्नाथपुरी दर्शनका लागि भारत जान लागेको निर्मल निवास स्रोतले जनाएको छ । उनलाई त्यहाँका शंकराचार्यले विशेष अनुरोध गरी दर्शनका लागि मुख्य अतिथिका रुपमा आमन्त्रण गरेका छन् । पूर्वराजा यसअघि गत पुसको तेस्रो साता भारत गएका थिए ।

शाह उत्तरप्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथको विशेष आग्रहमा पुसको तेस्रो साता लखनउ गएका थिए । त्यँही बेला शंकराचार्यले निम्तो दिएका थिए । विशेष आग्रहपछि आदित्यनाथले पनि जोडबल गरेका थिए । त्यसकै कारण पूर्वराजा ओडिसा जान लागेको बुझिएको छ ।

पूर्वराजा सोमबार अपरान्ह ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलवाट इन्डियन एयरलाइन्सको विमानवाट कोलकाता जानेछन् । माघ २६ गते बिहिबार मात्र पूर्वराजा शाह जहाजमा भुवनेश्वर गएर जगन्नाथ पुरी दर्शन गर्न जाने कार्यक्रम छ । जनन्नाथ पुरीको कार्यक्रम शुक्रबार र शनिबार रहेको छ । एकहप्ता बसाइका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग पनि टेलिफोन वार्ता हुन सक्ने सम्भावना रहेको स्रोत बताउँछ । नेपाल पानामा खबर छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !