४ जेष्ठ २०८१, शुक्रबार

राष्ट्रपति भण्डारीका कारण एमालेभित्रै विवाद


bidhya-bhandari

२२ माघ, काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डसँग भेट गरेर पार्टी एकता गर्न सुझाब दिएकी छिन् । आइतबार प्रचण्ड र ओलीलाई भेट गरेकी भण्डारीले ओली प्रधानमन्त्री र प्रचण्ड पार्टी अध्यक्ष बन्ने गरी एकता गर्न सुझाब दिएको बताइएको छ ।

दुवै अध्यक्षलाई एकसाथ लञ्च मिटिङमा बोलाएर भण्डारीले आफू राष्ट्रपतिमा दोहोरिन चाहेको बताएकी छिन् । जुन कुराले गर्दा एमाले भित्रै विवाद उत्पन्न भएको छ । राष्ट्रपति कसलाई बनाउने भन्ने विषयमा एमाले र माओवादीवीच भागबण्डाको विषय बनिरहँदा भण्डारीले आफूलाई अब एक कार्यकाल मौका दिन आग्रह गरेकी हुन् । ओली त पहिलेदेखि नै भण्डारीकै पक्षमा थिए । भण्डारीले उपराष्ट्रपतिमा पनि नन्दबहादुर पुनलाई नै दोहो¥याउन आग्रह गरेकी छिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !