१८ बैशाख २०८१, मंगलबार

बादलको कन्तबिजोक ! : स्वकीय अधिकृत नै बादललाई छोडेर लागे प्रचण्डतिर

बादललाई पुराना साथीहरुले छोड्दै


रामबहादुर थापा, बिरु तामाङ र प्रचण्ड

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को कन्तबिजोक देखिदैछ । प्रचण्डको साथ छोडेर ओलीतिर लागेका बादललाई एकपछि अर्को सहयोगीहरुले उनको साथ छोड्दैछन् भने उनी एक्लिदै गएका छन् ।

बादलको सुरुदेखि नै स्वीकय अधिकृतका रुपमा कार्यरत बिरु तामाङले उनलाई छोडेर प्रचण्डतर्फ लागेका छन् । यद्यपि बादलले स्वकीय अधिकृत तामाङले आफ्नो सचिवालयमा बसेर पुष्पकमल दाहाल प्रचण्डलाई सूचना चुहाएको आरोप लगाएर हटाएका छन् । तामाङलाई बादलसँग बसेर ओली समूहविरुद्ध भूमिका खेलेको आरोप लगाइएको छ ।

यसअघि उनका राजनीतिक सल्लाहकार प्रचण्ड-नेपाल समूहमा लागिसकेका छन् । नेकपा राजनीतिक रुपमा विभाजन हुनुभन्दा केहि समयअघिदेखि नै उनी केपी समूहमा लागेका थिए तर उनी निकट सबै सांसदहरु भने प्रचण्ड-नेपाल समूहमा लागेका छन् ।

बादलले गृहमन्त्री पदकै प्रलोभनमा परेर आफ्नो राजनीतिक जीवन धरापमा पारेको टिप्पणी विगतमा उनी निकट तर अहिले प्रचण्ड-नेपाल समूहमा लागेका एक नेताले बताएका छन् । तर नेकपाको कुन समूहले आधिकारिकता पाउछ र कुन समूह मुलधारको आधिकारिक नेकपा हो भन्ने हेर्न बाँकी नै छ ।

आफ्नो राजनीतिक जीवनलाई नै जोखिम मोलेर ओली समूहको नेकपातिर लागेका बादलको भविष्य के हुने हो भन्ने आगामी नेकपाको आधिकारिकताले नै निर्धारण गर्ने देखिन्छ । भनिन्छ नि शक्ति र सत्ता भनेका क्षणिक हुन् । जिन्दगी भनेकै उकाली ओराली भन्ज्याङ्ग चौतारी हो । त्यसैले बादलको राजनीतिक भविष्य नेकपाको आधिकारिकतासँग निर्भर रहेको छ ।

यसरी बादललाई तत्कालिन नेकपा माओवादीदेखिका पुराना आफ्ना साथीहरुले छोड्दैछन् । उनी निकट सबै सांसदहरु र नेताहरु भने प्रचण्ड-नेपाल समूहमा लागेका छन् । पुराना साथीहरुले छोडेपनि ओली समूहका नेता तथा कार्यकर्ताहरुले बादललाइ कस्तो साथ दिन्छन् त्यो भने हेर्न बाँकी नै छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !