६ पुस २०८१, शनिबार

मेरो अभिव्यक्तिले अदालतको अवहेलना हुनै सक्दैन : प्रचण्ड (पूर्णपाठ)

प्रचण्ड भन्छन्, 'वर्तमान सरकारको नेतृत्वले प्रायोजित रुपमा तयार गरेको निवेदन दायर गरेको हो'


अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्न प्रचण्ड सर्वोच्च अदालतमा फाइल फोटो

काठमाडौं । राजनीतिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफै सर्वोच्च अदालतमा पुगेर लिखित जवाफ बुझाएका छन् । अदालतको अवहेलना सम्बन्धी मुद्दामा ‘आफैँ उपस्थित भएर जवाफ दिनू’ भनेपछि प्रचण्डले आइतबार सर्वोच्च अदालतमा लिखित जवाफ बुझाएका हुन् ।

सर्वोच्च अदालतमा आज लिखित जवाफ पेश गर्दै प्रचण्डले वर्तमान सरकारको नेतृत्वले प्रायोजित रुपमा तयार गरेको निवेदन दायर गरेको आरोप समेत लगाएका छन् । पुर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आफूले अदालतको अवहेलना नगरेको जवाफ सर्वोच्च अदालतलाई दिएका छन् ।

सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले गत बुधबार प्रचण्डलाई सात दिनभित्र आफैं लिखित जवाफ पेश गर्न आदेश दिएको थियो । प्रचण्डले अदालतको अवहेलना हुने अभिव्यक्ति दिएको भन्दै अधिवक्ता समिर हायुले सर्वोच्चमा रिट दर्ता गरेका थिए ।

उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश शर्माको एकल इजलासले प्रचण्डलाई आफैं उपस्थित भएर लिखित जवाफ बुझाउन आदेश दिएको थियो । सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्दै प्रचण्डले आफूले सार्वजनिक सभामा मुद्दाका विषयमा बोलेको नभइ कार्यकारिणीको बदनियत र उसको संविधानविरुद्धको कामबारे जनतालाई सुसूचित गराउने र आफ्नो धारणा व्यक्त गर्ने काम गरेको बताएका छन् ।

‘मैले सावजनिक सभामा मुद्दाका विषयमा बोलेको नभइ कार्यकारिणीको बदनियत र उसको संविधानविरुद्धको कामबारे जनतालाई सुसूचित गराउने र आफ्नो धारणा व्यक्त गर्ने काम गरेको हुँ । यसबाट अदालतको अवहेलना हुनै सक्दैन ।’ प्रचण्डले जवाफमा लेखेका छन ।

आफूहरुको जुलुस, नारा र भाषणले स्वतन्त्र सक्षम न्यायपालिकालाई प्रभाव पर्ने र पार्ने कुरा हुनै नसक्ने प्रचण्डले दावी गरेका छन् । प्रचण्डले भने, ‘सरकार र उसका नातेदार अदालतलाई कमजोर ठान्छन् । त्यसैले यस्ता निवेदन हाल्न लगाउँछन् ।’

उनले यसबाट अदालतको अवहेलना हुनै नसक्ने दाबी समेत गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको अवहेलना मुद्दामा यसअघि नै सर्वोच्च अदालत पुगेर लिखित जवाफ दिइसकेका छन् ।

 यस्तो छ सर्वोच्चलाई प्रचण्डको लिखित जवाफ

यो पनि पढ्नुहोस्

अवहेलना सम्बन्धी मुद्दामा लिखित जवाफ पेस गर्न प्रचण्ड सर्वोच्च अदालतमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !