७ बैशाख २०८१, शुक्रबार

केपी ओलीले आफूलाई महाराजाधिराज नै भएजस्तो ठान्छन् : प्रचण्ड


प्रचण्ड फाइल फोटो

ललितपुर । राजनीतिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई महाराजाधिराज नै भएजस्तो ठान्ने गरेको आरोप लगाएका छन् ।

आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध शिक्षकहरुको राष्ट्रिय भेलालाई ललितपुरको जावलाखेलमा सम्बोधन गर्दै उनले केपी ओलीले कसैको कुरा नसुन्ने, आफूले गरेको सवै कुरा ठिक भन्ने र ठुला-ठुला कुरा गर्ने तर ब्यबहारमा केहि काम नगर्ने ओलीको स्वभाव भएकोले यो राजा-महाराजकै जस्तो भएको टिप्पणी गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !